३१.१७ अंकले घट्याे नेप्से, कारोबारमा पनि कमि

१५ भदौ, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । आज नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३१.१७ अंक घटेको छ ।

आज कारोबार पनि ओरालो लागेको छ। अघिल्लो दिन बिहीबार ८ अर्ब ९ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६ करोडको भएकाे छ ।

आज २१ कम्पनीको मूल्य बढ्दा २२८ को घट्यो भने एउटाको स्थिर रहेकाे छ। आज विकास बैंक समूह सबैभन्दा धेरै १.५९ प्रतिशत घट्यो । त्यस्तै बैंक ०.८८, फाइनान्स १.३०, होटल तथा पर्यटन १.०७, हाइड्रोपावर १.४७, लगानी १.०४, जीवन बीमा १.००, उत्पादन तथा प्रशोधन १.०१, माइक्रोफाइनान्स १.३८, निर्जीवन बीमा १.१३, अन्य १.२४ तथा व्यापार ०.३८ प्रतिशत घटेका छन्।

आइतबार उन्नति सहकार्य लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.७७ प्रतिशत बढेकाे छ। त्यस्तै आशा लघुवित्तको ४.१६, समता लघुवित्तको २.६४ तथा मिड सोलुको १.८७ प्रतिशत मूल्य बढेकाे छ।

नेपाल रिपब्लिक मिडियाको मूल्य सबैभन्दा धेरै ७.४५ प्रतिशत घट्यो ।