भारि बर्षाका कारण दाेधाराचाँदनी डुबानमा

१६ भदौ,काठमाडौं । जोगबुढा नदीको पानी बस्तिमा पस्दा दोधाराचाँदनी नगरपालिका– ८ को रामपुरे टापुस्थित जर्गाटोलका २५ घर डुबानमा परेका छन् ।

लगातारको बर्षाका कारण घर डुबानमा परेपछि ७० जनालाई जनज्योति माध्यमिक विद्यालयमा लगेर राखिएको छ ।

त्यस्तै वडा नम्बर ११ मा पनि पाँच वटा घरमा पानी पसेको छ ।
अविरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाब बढेपछि नेपाल–भारत सीमा क्षेत्रको शारदा ब्यारेज (बनबासा पुल) मा चारपांग्रे सवारी आवागमनमा रोक लगाइएको छ ।

सोमबार बिहान नदीमा पानीको बहाब बढेर एक लाख ५१ हजार क्युुसेक नाघेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधन आवागमन रोक लगाइएको हाे। अहिले दुईपांग्रे सवारीसाधन मात्र चलिरहेका छन् ।

गएरातिदेखि नै देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा मापन भएकाेमा सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा भएको छ ।

कञ्चनपुरको दोधारामा आज बिहान आठ बजेतिर २४ घण्टाको अवधिमा १९९.२ मिलिमिटर वर्षा मापन भएको थियो । त्यहाँ थप वर्षाको सम्भावना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here