दाेहाेराे अंकले बढेर बन्द भयो सेयर बजार

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बढेर बन्द भएको छ । शुरुमा घटेको बजार अन्तिम समयमा दोहोरो अंकले बढेर बन्द भएको हो । सोमबार सेयर बजार १२.०३ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से परिसूचक २७६१.८६ अंकमा कायम भएको छ ।

आज काराेबार रकम भने घटेकाे छ। कुल ३ सय २६ कम्पनीका १ करोड १४ लाख ४० हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब १० करोड ५७ लाख माथि पुगेको छ । आज सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल रिइस्योरेन्स कम्पनी रहेको छ ।

आज कारोबारमा आएकामध्ये १ सय ४२ कम्पनीको सेयरमूल्य बढेको छ भने १ सय ६ कम्पनीको घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here