काठमाडौं । मंगलबार नेप्से परिसुचक दोहोरो अंकले घटेको हो । आज काराेवारमा पनि गिरावट आएको छ। कुल ३ सय २३ कम्पनीका १ करोड ५ लाख ३५ हजार बढी कित्ता सेयर किनबेच भएको छ ।
यसदिन ४ अर्ब ४३ करोड ८२ दाख ५१ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
सोमबार ५ अर्ब १० करोड ५७ लाखभन्दा धेरैको सेयर किनबेच भएको थियो । सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल रिइस्योरेन्स कम्पनी रहेको छ । यसदिन यस कम्पनीको २२ करोड ७० लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएकामध्ये २९ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै २ सय २१ कम्पनीको घटेको छ । यसदिन सबैभन्दा धेरै कमाउनेमा हिम स्टार उर्जा कम्पनीका लगानीकर्ता छन् भने धेरै गुमाउनेमा उन्नती सहकार्य लघुवित्त रहेको छ ।





















