सामसङ एसटेन बजारमा, प्रि–बुकिङ पछि बिक्री शुरु

काठमाडौं, १ चैत । सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी एसटेन स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार एक दशकभन्दा लामो अनुसन्धानबाट विकास गरिएको यस मोबाइल नयाँ पुस्ताको स्मार्टफोन हो । यसको डिस्प्ले, क्यामरा र कार्यक्षमता उत्कृष्ट रहेको उसको भनाइ छ । नयाँ फोनमा डाइनामिक एमोलेड डिस्प्ले र न्यू जेनेरेशन क्यामेरा छन् भने यो प्रिस्म ह्वाइट, प्रिज्म ब्ल्याक र प्रिज्म ब्लू गरी तीन रंगमा उपलब्ध छ ।

ग्यालेक्सी एसटेन प्लस ५१२ जीवी फोन १ लाख ५४ हजार ५ सय रुपैयाँ र ग्यालेक्सी एसटेन प्लस १२८ जीबी १ लाख २३ हजार ५ सय रुपैयाँमा उपलब्ध छ भने ग्यालेक्सी एसटेन को मूल्य १ लाख १० हजार ९ सय रुपैयाँ तोकिएको छ ।

यो मोबाइल खरीद गर्न ग्लोबल आइएमई बैंक, नविल बैंक, लक्ष्मी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, कुमारी बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक तथा हुलास इन्भेष्टमेन्टबाट मासिक किस्तावन्दीका साथै सहज फाइनान्सिको व्यवस्था मिलाइएको कम्पनीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here