१९ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि कुटपिट भएको छ। गएराति कपनस्थित घर नजिकै कुटपिट भएको हो ।
उनकाे टाउकोमा गहिरो चोट लागेको छ, १० वटा टाँका लगाइएको रास्वपा नेता दीपक बोहोराले बताए।
उनलाई बुधबार राति नै चाबहिल चुच्चेपाटीमा अवस्थित स्तूपा सामुदायिक अस्पतालमा ल्याएर उपचार गरिएको थियो ।
बुधबार राति करिब आठ बजेतिर कपनको फैकास्थित कार्यालयबाट प्रगतिनगरस्थित घर फर्किंदै गर्दा बाटोमा आक्रमण भएको हाे।
मोटरसाइकलमा रहेका तीन जना व्यक्तिहरुमध्ये एकजनाले रडले टाउकोमा र अर्कोले खुट्टामा प्रहार गरेका थिए । बोहराका अनुसार बदनले भागेर घरभित्र छिरेपछि आक्रमणकारी भागेको र आफ्नो ज्यान जोगिएको बताएका छन् ।





















