तीन दिन माछा,मासु,मदिरा बिक्री सेवन र कारोवारमा रोक (विज्ञप्ती)

काठमाडौं, १४ कात्तिक । छ्ठ पर्वलाई लक्षित गरि जिल्ला प्रशासन कार्यालय धनुषाले तीन दिन माछा मासु र मदिरा बिक्री, सेवन गर्न र कारोवारमा रोक लगाएको छ ।

हिन्दुहरुको पवित्र छठ पर्वको अवसरमा जनकपुरधाम न पा को परिक्रमा सडक भित्र कात्तिक १५,१६ र १७ गतेसम्म माछा मासु र मदिरा बिक्रि, सेवन र कारोवारमा रोक लगाएको प्रमुख जिल्ला अधिकारीद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।

मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबारदेखि शुरू भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here