ध्वनि प्रदूषण नियन्त्रणका लागि प्रहरीको आग्रह, भन्याे शौचालय फ्लस गर्दा आवाज कम गरौं’

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयले शान्त छिमेकी अभियान सञ्चालन गरेकाे छ।

बुधबार ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ सञ्चालन गर्दै पाँच वटा बुँदा र त्यसका उपबुँदाहरू राखेर विभिन्न प्रकारका अनुरोध गरेको हो।

जसमा अबेर राति शौचालयको फ्लस गर्दा ध्वनि कम गर्ने उपाय अनपाउन समेत अनुरोध गरेको हो। त्यस्तै अनावश्यक नखाेक्न समेत आग्रह गरेका छन्।

त्यस्तै राति अबेर वा बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी लगाउने काम नगर्न पनि प्रहरीले अनुरोध गरेको हो।