‘मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएको विषयलाई राजनीतिकरण गर्न खोजियाे’ प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरिसिद्धीमा मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएको विषयलाई राजनीतिकरण गर्न खोजिएको बताएका छन्।

गोदावरीको सनराइज हलमा जारि एमाले विधान महाधिवेशनको दोस्रो दिनको कार्यक्रममा सम्बोधन गर्दै ओलीले यस्ताे विषयमा राजनितिकरण गर्न खाेजिएकाेमा असन्तुष्टि व्यक्त गरे।

‘सामान्य रुपमा एक बच्चीलाई गाडीले छोयो। अस्पताल लगिसकियो। पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च बेहोर्छ। घट्नाप्रति दुःख व्यक्त गर्दछु। ’अध्यक्ष ओलीले भने भवितव्य घट्ना भएको। त्यस्तो क्षति पनि भएको छैन। यसमा हामी पनि दुःखी भएका छौं र बच्चीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’

बिहान ७ बजे ललितपुर महानगरपालिका-२८ स्थित हरिसिद्धी माध्यमिक विद्यालय अगाडिको मूल सडकमा कोशी प्रदेशका आर्थिक आर्थिक मामिला तथा योजना मन्त्री हरिबहादुर मगर सवार गाडीले ११ वर्षीय बालिकालाई ठक्कर दिएको थियो। बालिकाको अहिले बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ।