सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका पाँच जना पक्राउ

२१ भदौ, काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका पाँच जना युवाहरू पक्राउ परेका छन् । काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि प्रर्दशन गरेका पाँच जना युवाहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

युवाहरूको संस्था ‘युथ कंग्रेस नेपाल’द्वारा आयोजित प्रदर्शनका क्रममा सो संस्थाका महामन्त्रीसहित पाँच जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा महामन्त्री प्रभात कुमार ठाकुर, कोषाध्यक्ष विराज अर्याल, केन्द्रीय समिति सदस्यहरू सुजन राज गिरी र धिरज सञ्जेल, सदस्य आशिष शर्मा रहेका छन् । उनीहरू मुखमा मास्क र त्यसमाथि कालो टेप लगाएर सांकेतिक विरोधस्वरुप प्रदर्शनमा उत्रिएका थिए ।

संस्थाले पक्राउ परेका सबैलाई बिना शर्त रिहाइ गर्न माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here