सेयर बजारको ओरालो यात्रा जारी, कारोबार पनि खुम्चियो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ११ दशमलव ५२ अंक घटेको छ । आज नेप्से परिसूचक २७०८ मा कायम भएको छ ।

आज ७९ कम्पनीको मूल्य बढ्दा १७३ को घट्यो । फाइनान्स ० दशमलव१०, उत्पादन तथा प्रशोधन ० दशमलव०४ प्रतिशत बढेका छन्। यता
बैंकिङ ० दशमलव ६५, विकास बैंक ० दशमलव०८, होटल तथा पर्यटन ० दशमलव४८, हाइड्रोपावर ० दशमलव ६८, लगानी ०दशमलव५२, जीवन बीमा ०दशमलव४०, माइक्रोफाइनान्स ०दशमलव१८, निर्जीवन बीमा ०दशमलव १८, अन्य ०दशमलव३२, व्यापार ०दशमलव२४ प्रतिशत घटे ।

हिमस्टार ऊर्जा कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै युनिभर्सल पावरको ५ दशमलव१२, समृद्धि फाइनान्सको ३ दशमलव५१ प्रतिशत बढेका छन् ।

यता पन्चकन्या माइ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४ दशमलव६२ प्रतिशत घटेको छ। विकास हाइड्रोपावरको ३ दशमलव९२, ओरियन्टल होटलको ३ दशमलव७० प्रतिशत घटेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here