बैंकहरूले आज दिउँसो २ बजेसम्म सेवा दिने

काठमाडौं । वाणिज्य बैंकहरूले आज दिउँसो २ बजेसम्म सेवा दिने भएका छन्।

भदौ २३ र २४ गतेको अन्दोलनपछि मुलुकभर अवस्था सामान्यिकरण हुन नसकिरहेकोले पनि दिउँसो दुई बजेसम्म सीमित स्थानबाट मात्रै सेवा दिने भएको हो।

बैंकहरूलाई काठमाडौंमा तीन वटा, भक्तपूर र ललितपूरमा दुई/दुई वटा शाखा खोल्न नेपाल बैंकर्स एशोसिएशनले परिपत्र गरेको छ।

राष्ट्र बैंकले पनि बैंकहरूलाई अत्यावश्यक सेवा खुला गर्न निर्देशन दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here