नेप्से असोज २ गतेसम्म बन्द हुने

काठमाडौं । धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) असोज २ गते बिहीबारसम्म बन्द हुने भएको छ । नेप्सेले शुक्रबार सूचना जारी गरेको उक्त जानकारी दिएको छ ।

यो अवधिमा राजनीतिक अस्थिरता भएको भन्दै आउँदो साता सेयर बजार बन्द निर्णय नेप्सेले गरेको हो ।

‘धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएअनुसार भदौ २९ देखि असार २ गतेसम्म धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने व्यहोरा जानकारी गराइन्छ,’ नेप्सेको सूचनामा भनिएको छ ।

यसअघि पनि नेप्सेले गत बुधबार र बिहीबार सेयर बजार बन्द गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here