काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले शुक्रबार निजी क्षेत्रसँग छलफल गरेका छन् ।
प्रर्दशनको क्रममा ध्वस्त भएका आर्थिक गतिविधि कसरी सूचारु गर्ने भन्ने सम्बन्धमा राय सुझाब लिन गभर्नर पौडेलले नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स, बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुसँग छुट्टाछुटै छलफल गरेका हुन् ।
प्रर्दशनका क्रममा भएको क्षतिको पुनः संरचना र पुननिर्माण गर्दै आर्थिक गतिविधिलाई कसरी सूचारु बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको सहभागीहरुले जनाएका छन् ।























