भारतीय स्मार्टफोन बजार कब्जा जमाउँदै ‘गरिबको आइफोन’ ‘साओमी’

काठमाडौ । भारतीय स्मार्टफोन बजारमा चिनियाँ प्रविधि कम्पनी ‘साओमी’ ले कब्जा जमाएको छ ।

साओमी अहिले विश्व बजारमा नपत्याउँदो ढंगले अघि बढिरहेको छ । जसको प्रभाव एकहप्ता अघिमात्र देखियो ।

गत हप्ता ‘साओमी’का नयाँ स्मार्टफोन रेड्मी नोट ८ लाई फ्ल्यास सेल्समा अनलाइनमा राख्दा जम्मा १५ मिनेट सबै बेचियो। पछिल्ला समय अधिकांश नयाँ मोडलहरू प्रायः अनलाइनमार्फत् बिक्री हुन्छन् ।

रेड्मी फोनमा ग्राहकले ६४ मेगापिक्सलको क्यामरा पाए। त्यो फोनको मूल्य भारु ९,९९९ देखि १७,९९९ सम्म थियो।

भारतीय ग्राहक त्यसका फोनप्रति आकर्षित हुँदै गए जुन हेर्दा आईफोनजस्तै थिए। तर मूल्य आईफोनको एक तिहाइ मात्रै।

साओमीको बिक्री बढ्नुमा उसले अनलाइन बिक्रीमा जोड दिनु प्रमुख कारण रहेको बताइन्छ । जसले प्रचार र स्टोरको खर्च कम हुँदा उपभोक्ताले सस्तोमा सामान पाए ।

सो कम्पनीका लागि यो कुनै नयाँ कुरा होइन किनभने सो कम्पनीको भारत रणनीतिको यो एउटा महत्त्वपूर्ण हिस्सा हो।

सन् २०१५ मा ‘साओमी’ भारतीय बजारमा आएको थियो। दूरसञ्चारबारे अनुसन्धान गर्ने कम्पनी कन्भरजेन्स क्याटेलिस्टका साझेदार जयन्त कोलाका अनुसार उक्त कम्पनीले भारतमा स्टोर बनाउनका लागि लगानी गरेन।

हाल भारतमामात्र साओमीका ८ अर्ब डलरको बजार र ४५ करोडभन्दा बढी ग्राहक रहेको बताइन्छ । यसैगरी साओमीलाई भारतमा ‘गरीबको आइफोन’को संज्ञा दिन थालिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here