फागुन २१ गते हुने निर्वाचन सफल बनाउन सबै पक्षकाे सहयोग माग

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई सहयोग गर्न अपिल गरेका छन्।

देशको हालको असहज र विषम परिस्थितिबाट शान्तिपूर्ण निकास निस्किएको भन्दै निर्वाचन सफल बनाउन आग्रह गरेका हुन्।

शनिबार वक्तव्य जारी गर्दै उनले संविधान, संसदीय प्रणाली र संघीय लोकतान्त्रिक गणतन्त्र सुरक्षित भएको उल्लेख गर्दै आगामी निर्वाचनमार्फत जनताले अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्ने अवसर पाएको बताएका छन्।
यस्ताे छ वक्तव्य