वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी छन्।

प्रधानमन्त्री कार्कीले आइतबार सबितालाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन्। सबिता नेपालको इतिहासकी प्रथम महिला महान्यायाधिवक्ता हुन्।

यसअघि केशव बडालले महान्यायाधीवक्ता पदबाट राजीनामा दिएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले उनको राजीनामा स्वीकृत गरिसकेका छन्।