सुन र चाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

प्रतिकात्मक तस्विर

३१ असोज, काठमाडौं । सुनको भाउले मंगलबार फेरि नयाँ रेकर्ड बनाएकाे छ ।

सुनकाे भाउ अघिल्लो दिनको तुलनामा तोलामा १ हजार ९ सय रुपैयाँ बढेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ तोकिएकाे छ ।

अघिल्लो दिन २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत शुक्रबार हालसम्मकै उच्च २ लाख १५ हजार ८ सय रुपैयाँको रेकर्ड बनेको थियो ।

आज चाँदीको भाउमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेसँगै चाँदी तोलामा २ हजार ५९५ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here