३१ भदौ, काठमाडौं । जेनजि आन्दोलनका पछी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पहिलो पटक सार्वजनिक रुपमा देखापरेका छन्। उनी आज पार्टी केन्द्रीय कार्यालय अनुगमन गर्न पुगका हुन्। साे अवसरमा जेनजी आन्दोलनको क्रममा कोटेश्वर पेरिसडाँडामा आगजनी भएपछि माओवादी केन्द्रले नयाँ र भव्य केन्द्रीय कार्यालय बनाउने बताए ।
प्रचण्डले भने, ‘क्षति त पुर्याइयो, पुग्यो, तर म के भन्न चाहान्छु भने अब पार्टीको नयाँ कार्यालय भवन सिंगो पार्टीपंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरुको सहयोगमा भव्य भवन बनाइने छ ।’
अवलोकनपछि उनले बैठकका माइन्युट, पुस्तकालय र केही कम्प्युटरहरु जोगिएको बताए । ती जोगाउन भूमिका खेलेको भन्दै उनले कर्मचारी र कार्यकर्ताहरुलाई धन्यवाद दिए ।
जेनजी प्रदर्शनको क्रममा प्रचण्ड बस्दै आएको खुमलटारस्थित निवासमा पनि आगजनी भएको छ ।

























