सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक

२ असोज, काठमाडौं । भदौ २३ र २४ गतेको प्रदर्शनपछि आज खुलेको सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक लागेको छ ।

कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि सर्किट ब्रेक लागेको हो ।

कारोबार खुलेको पहिलो एक घण्टाभित्र ४ प्रतिशतभन्दा धेरै बजार घटेमा वा बढेमा सर्किट ब्रेक लाग्छ।

सर्किट ब्रेक लाग्दा १०७ अंकले नेप्से घटेर २५६५ मा कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here