सेयर बजारमा दोस्रो सर्किट ब्रेक

२ असोज, काठमाडौं । बिहिवार सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट ब्रेक लागेको छ ।

पहिलो सर्किट ब्रेक लागेसँगै २० मिनेट बन्द भएर खुलेको कारोबारमा पुनः अर्को सर्किट ब्रेक लागेको हो । योसँगै ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि खुलेको बजारमा फेरि कुल ५ प्रतिशत घटेकाे छ।

दोस्रो सर्किट ब्रेकपछि नेप्से परिसूचक १३३ अंक घटेर २५३८ मा कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here