सेयर बजारमा तीन पटकको नेगेटिभ सर्किट ब्रेकसँगै राेकियाे काराेबार

२ असोज, काठमाडौं । सेयर बजारमा तीन पटक नेगेटिभ सर्किट ब्रेक लागेसँगै बिहीबारका लागि कारोबार स्थगित भएको छ । भदौ २३ र २४ गतेको घटनापछि खुलेको बजार ६ प्रतिशत घटेकाे हाे।

नेप्से ६ प्रतिशतले घटेपछि बिहीबारका लागि सेयर कारोबार बन्द गरिएको छ । बिहीबार बजार खुलेको पहिलो दुई मिनेटमा नेप्से ४ प्रतिशतले घटेपछि २० मिनेटका लागि सर्किट ब्रेकरमार्फत सेयर कारोबार बन्द गरिएको थियो । त्यसपछि ११ः२२ मा बजार खुल्यो । बजार खुलेको पहिलो मिनेटमा नेप्से ५ प्रतिशतले घट्यो । बजार बन्द हुँदा नेप्से १ सय ६० अंकले घटेर २ हजार ५ सय ११.९१ विन्दुमा ओर्लेको छ ।

१२ : ०४ बजे खुलेको बजार फेरि थप १ प्रतिशत अर्थात् कुल ६ प्रतिशत घटेपछि तेस्रो सर्किट ब्रेकसँगै आजका लागि कारोबार स्थगित भएकाे हाे । ६ प्रतिशत घट्दा नेप्से परिसूचक १६० अंक घटेर २५११ मा कायम भएको छ । कुल करिब ४ मिनेटमा ७२ करोड ८७ लाख रुपैयाँको कारोबार भएकाे छ।

आज व्यापार समूह सबैभन्दा धेरै ९.३४ प्रतिशत घटेकाे छ। त्यस्तै अन्य समूह ७.४८, होटल तथा पर्यटन ७.२४, लगानी ७.१८ प्रतिशत घटे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here