‘प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्छ’ : प्रचण्ड

३ असोज, काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यमान संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नपर्ने बताएका छन् ।

संविधान दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैउनले यस्ताे धारणा व्यक्त गरेका हुन्। प्रचण्डले २०७२ सालमा संविधान बन्दा नै प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारीको व्यवस्था हुनुपर्ने लगायतका विषयमा आफूहरुले फरक मत राखेको बताउँदै प्रचण्डले अहिले जेनजी आन्दोलनले त्यसलाई पुष्टि गरिदिएको जिकिर गरे।

कांग्रेस-एमालेले अहिले जेनजीले उठाएका विषयलाई संविधानमार्फत सम्बोधन हुन नदिएको दाबी गर्दै प्रचण्डले अहिले जेनजी आन्दोलनले आधार तय गरेको बताए ।

साथै संविधान बनाउँदा नै माओवादीले राखेको फरक मतलाई समेटेको भए अहिलेको परिस्थित नआउने बताए ।

उनले भने ‘ त्यसमा सहमति भएको भए अहिले अर्कै परिस्थिति हुन्थ्यो । जेनजीले आन्दोलन गर्नु पर्थेन । यति ठूलो क्षति हुने थिएन ।’

कार्यक्रममा प्रचण्डले अहिलेका ठूला भनिएका दलहरुको अहंकारले यो भयंकर अवस्था आएको आरोप लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here