तुइन खाेलामा पहिराे खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड आवागमन ठप्प

३ असाेज, काठमाडौं । चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा स्थित तुइन खाेलामा पहिराे खस्दा सडक अवरुद्ध भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार पहिरोका कारण राजमार्गमा दुई तर्फी आवागमन ठप्प भएको छ ।

पहिरो ठूलो भएको र पन्छाउन रात परेकाेले पहिरो पन्छाउन कार्य सुरु गर्न नै सकिएको छैन । नारायणगढबाट जाने सवारीलाई र काठमाडौं तथा पाेखराबाट नारायणगढ आउने सवारीलाई पनि सुरक्षित ठाउँमा रोक्ने तयारी गरिएको छ।

दिउँसो देखि नै लगातार हल्का वर्षा भइरहेको र साँझ तुइन खोलामा भीर नै बगेर सडकमा आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here