यातायात मन्त्रालयमा आकस्मिक बैठक

काठमाडौं । शुक्रबार रातिदेखि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक बसेको छ ।

तुइन खाेलामा पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुलाउन कठिनाइ भएको छ । यात्रुहरु रातिदेखि नै अलपत्र परेका छन् ।

बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ र मजदुरहरूसँग यातायात मन्त्री कुलमान घिसिङबिच छलफल भएको हाे।

पहिरो खसेको ठाउँमा डोजर खटाइएको भए पनि खस्ने क्रम नरोकिएकाेले काम हुन सकेकाे छैन ।

त्यसैगरी काेशि राजमार्ग, अरनिको राजमार्गका पनि विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here