तोलामा ११ सय बढ्यो सुन, चाँदीमा नयाँ रेकर्ड

५ असोज, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ११ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ ताेकिएकाे छ ।

अघिल्लो दिन २ लाख १६ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यता चाँदीको भाउमा भने नयाँ रेकर्ड बनेको छ । प्रतितोला ४० रुपैयाँ मूल्य बढेसँगै चाँदी तोलाको २६२० रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here