महावीर पुनले भने ‘मन्त्री भन्न मन लागे कवाडी वैज्ञानिक मन्त्री भन्नुहोला’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सिफारिस भएका वैज्ञानिक महावीर पुनले आफूलाई मन्त्री भनेर सम्बोधन नगर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्री नियुक्तिका लागि पुनको नाम राष्ट्रपतिलाई सिफारिस गरेकि थिइन्।

पुनले सामाजिक सञ्जाल फेसबुकमा पहिलो घोषणा भन्दै लेखेका छन्, ‘मलाई मन्त्री नभन्नुहोला । कसैलाई मन्त्री भन्न साह्रै रहर छ भने कबाडी वैज्ञानिक मन्त्री भन्नुहोला ।’

साथै आफूलाई फोन गरेर बधाई दिनुका साथै खादा, माला लिएर नआउन पनि भनेका छन् । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच महिनाको अवधिमा गर्न सकिने र गर्नैपर्ने ठोस काम र आइडिया भए ह्वाट्स एपमा सेयर गर्न आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here