काठमाडौं ।चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खाेलाकाे पहिराे हटाउने कार्य अहिले राेकिएकाे छ। पानी पर्न थालेपछि पहिराे हटाउन राेकिएकाे हाे। बुधबार बिहान साढे ६ बजेदेखि पहिरो हटाउन चार डोजर प्रयोग गरिएको भए पनि वर्षा भएपछि काम रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
राजमार्ग अवरुद्ध हुँदा काठमाडौं र पोखराबाट नारायणगढतर्फ जाने र फर्कने सवारी साधन र यात्रुहरू सडकमै अलपत्र परेका छन्।
बुधबार बिहान साढे ६ बजेदेखि ४ वटा डोजर/मेसिन प्रयोग गरेर पहिरो हटाउन थालिएको थियाे।
तुइन खोलामा ठूलो भीर नै सडकमा खसेकाले पन्छाउन समय लाग्ने देखिएको छ । दशैंका बेला काठमाडौं जोडिने मुख्य राजमार्ग नै अवरुद्ध हुँदा यात्रु सडकमा अलपत्र परेका छन् । तुइनखोलामा केही दिनदेखि लगातार पहिरो खसिरहेपछि प्रहरीले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।




















