घट्यो नेप्से, काराेबार पनि ओरालो

८ असोज, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २७.८९ अंक घटेको छ । सो गिरावटपछि २६५४ अंकमा कायम भएको छ ।

परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब २९ करोडको कारोबार भएकोमा आज ४ अर्ब १२ करोडको भएकाे छ । चाडपर्वका लागि खर्च जोहो गर्नुपर्ने हुँदा खरिदकर्ताहरु सेयरमा कम सक्रिय देखिएका छन् ।

५३ कम्पनीको मूल्य बढ्दा १९३ को घट्यो भने ५ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह ०.८५ प्रतिशत बढ्यो । यता अन्य समूह सबैभन्दा धेरै २.१६ प्रतिशत घटेकाे छन् । बैंकिङ ०.७३, विकास बैंक १.१३, हाइड्रोपावर ०.९६, लगानी १.९०, जीवन बीमा ०.५२, उत्पादन तथा प्रशोधन ०.११, माइक्रोफाइनान्स ०.८४, निर्जीवन बीमा १.५१ तथा व्यापार समूह १.६५ प्रतिशत घटेका छन्।

आज तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा माथिल्लो मैलुङखोला जलविद्युत्, सिटी होटल र हिमस्टार ऊर्जा कम्पनी छन् ।

त्यस्तै उन्नति सहकार्य लघुवित्तको ५.३८, राप्ती हाइड्रोको ४.६३, बुटवल पावरको ४, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.९७ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङ्स र शिवम् सिमेन्ट छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here