प्रर्दशनमा क्षति भएका सवारी प्रतिस्थापनका लागि ऋण लिदाँ मूल्यको ८० प्रतिशतसम्म कर्जा

काठमाडौं । राष्ट बैंकले प्रर्दशनको क्रममा क्षति भएका सवारी साधन प्रतिस्थापनका लागि ऋण लिनुपरे सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था गरेकाे छ । राष्ट बैंकले परिपत्रमार्फत शुक्रबार उक्त व्यवस्था गरेको हो ।

‘जेनजी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिनेछ,’ परिपत्रमा उल्लेख छ ।

हाल बैंक तथा वित्तीय संस्थाले सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्दासवारी साधनको ऋण मूल्यको अधिकतम ६० प्रतिशतसम्म मात्र ऋण दिन पाइने व्यवस्था छ । यस्तो अनुसार सबै प्रयोजनका विद्युतीय सवारी साधन र निजी प्रयोजनका व्यक्तिगत अन्य सवारी साधन खरिद दुबैमा लागु हुन्छ।

राष्ट बैंकले आन्दोलनमा क्षति पुगेका उद्योगी व्यवसायी, प्रतिष्ठानलगायतलाई भने सुविधा दिएको हो ।