दशैं बिदाअघि बढेर बन्द भयो सेयर बजार

१२ असोज, काठमाडौं । दशैं बिदा अगाडिकाे अन्तिम कारोबार दिन आइतबार सेयर बजार ११.५१ अंकले बढेर बन्द भएको छ ।

आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बढ्दा कारोबार रकम भने ३ अर्बमा सीमित भएको हो ।

आइतबार होटल र पर्यटन, व्यापार र अन्य समूहका उपसूचकको मूल्य घट्यो । अन्य सबै उपसूचक बढेका छन् ।

आइतबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ०.८४, विकास बैंक ०.४९, वित्त ०.१०, जलविद्युत् ०.७०, लगानी ०.१४, जीवन बीमा ०.८०, उत्पादनमूलक ०.५१, लघुवित्त ०.५९, सामूहिक लगानी कोष ०.९६ र निर्जीवन बीमा ०.३२ प्रतिशतले बढेका छन् । तर, अन्य ०.१४, व्यापार १.२८ र होटल समूह ०.१५ प्रतिशतले घटेका छन् ।

आज नेप्सेमा ३ सय १४ कम्पनीको ३९ हजार ८ सय ५९ कारोबारबाट २ अर्ब ९३ करोड रुपैयाँ बराबरको ७५ लाख ११ हजार कित्ता सेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ । आइतबार ग्लोबल आईएमई समुन्नत योजनाको मूल्य प्रतिइकाइ १० प्रतिशतका दरले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here