धादिङ । नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खाेलामा पहिरो गएपछि सडक अवरूद्ध भएकाे छ। पहिराे खुल्न अझै १ घण्टा लाग्ने बताइएकमे छ। बिहान ११:३० बजे पहिराे जाँदा सडक अवरूद्ध भएको हाे।
तुइन खाेलामा पटकपटक पहिराे गएपछि अवरुद्ध भएको सडक गत शुक्रबार रातिबाट सन्चालनमा आएकाे थियो।
























