प्रदेश २ : आइतबार सार्वजनिक विदा

जनकपुरधाम, १५ कात्तिक । छठ पर्वको अवसरमा प्रदेश २ ले कात्तिक १७ गते आइतबार सार्वजनिक विदा दिने भएको छ । छठ पर्व कठोर पर्व भएको आईतवार पनि प्रदेश सरकारले विदा दिएको हो । यस पटकको छठ पर्व शनिबार र आइतबार परेको छ ।

यसअघि संघीय सरकारले छठ पर्वको पहिलो दिन मात्रै विदा दिँदै आएको थियो । शनिबार अस्ताउँदो सूर्यलाई र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here