काठमाडौं । नेपाल र वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलाअन्तर्गत आज अन्तिम खेल हुँदै छ । यूएईको शारजाहस्थित शारजाह क्रिकेट रंगशालामा खेल बेलुका नेपाली समयअनुसार सवा ८ बजे सुरु हुनेछ ।
दुवै खेलमा जित निकाल्दै नेपालले शृंखला आफ्नो नाममा गरेकाे नेपालले आजको खेल पनि जितेमा शृंखला क्लिन स्वीप नै गर्नेछ । अन्तिम खेलमा वेस्ट इन्डिजलाई क्लिनस्वीपबाट जोगिने दबाब पनि रहनेछ ।






















