काठमाडाैं । ललितपुरको महालक्ष्मी नगरपालिका–४, इमाडोल बस्ने लिला बराइलीको हराएको गरगहना तथा नगद रकम ट्राफिक प्रहरीले फेला पारेर फिर्ता गरेको छ ।
नरदेवी मन्दिरदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म यात्रा गर्ने क्रममा असोज १२ गते बा २ ज ३१६६ नम्बरको भाडाकारमा बराइलीको झोलाभित्र रहेको सुनको गरगहना र नगद छुटेको थियो ।
बराइलीले सामान हराएको निवेदन दिएकि थिइन्। ट्राफिक प्रहरीले खोजतलास गरी उक्त भाडाकार चालकको साथबाट झोला फेला पारी सुनको गरगहना तथा नगद रकम सुरक्षित रूपमा हस्तान्तरण गरेको हो ।






















