माटाेकाे ढिस्काे खस्दा पुरिएर दुईबालकसहित ४ जनाकाे मृत्यु

काठमाडौं । सर्लाहीकाे हरिपुर्वा नगरपालिका-१ हर्दी नदीमा माटोको ढिस्को खस्दा पुरिएर दुई बालबालिकासहित चारजनाको मृत्यु भएको छ।

महोत्तरी सोनमा गाउँपालिका-६ मगरथाना बस्ने बेधु मंसुरकी ६५ वर्षीया श्रीमती सायदा खातुन, ६ वर्षकी सविवा खातुन, अल्लाउदिन मंसुरका ८ वर्षीय छोरा डिल्लु मंसुर र नसरुल शेखकी ९ वर्षकी छोरी नर्गिस खातुनकाे मृत्युु भएको हाे।

दशैंका लागि घर लिपपोत गर्न माटो लिन गएका उनिहरु माटाे खन्ने क्रममा ढिस्को खसेको हो। आज बिहान ९:२० बजे ढिस्को खस्दा चारैजना पुरिएका हुन्। घाइतेहरुलाई निकाली प्रादेशिक अस्पताल मलंगवा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here