नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पहिराे गएकाे हाे। त्यस्तै मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेर बाटो दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

अहिले पानी परिरहेकोले गर्दा र ढुंगा–माटो झर्ने क्रम जारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here