१ सय ८९ पटक छुरा प्रहार गरी आफ्नै बहिनीको विभत्स हत्या

हत्या गर्ने दिदि इतिजावेता अगाडी बहिनी स्टेफानिया पछाडी

काठमाडौं । बहिनी मोडल बनेर रातारात चर्चा परिचर्चा कमाएको भन्दै आफ्नै दिदिले बहिनीको हत्या गरेकी छिन् ।

यो घटना रुसको हो । जहाँ २२ वर्षीय मोडल इतिजावेता डुब्रोभिनाले आफ्नी १७ वर्षीय मोडल बहिनी स्टेफानियाको हत्या गरेकी छिन् ।

पक्राउ परेसंगै दिदि इतिजावेताले बहिनी रातारात चर्चित भएपछि आफुमा ईस्याको भावना बढ्दै गएको र त्यसैको कारण हत्या गरेको बताएकी छिन् ।

स्टेफानियामाथि १ सय ८९ पटक छुरा प्रहार भएको प्रहरीले बताएको छ । उनको आँखा तथा गुप्तांग जस्ता संवेदनशील अंगहरुमा सबैभन्दा धेरै छुरा प्रहार भएको प्रहरीको भनाई छ ।

यो घटनामा दोषी प्रमाणित भएसंगै दिदि इतिजावेतालाई अदालतले १३ वर्षको जेल सजाए सुनाएको छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here