२२ असोज, काठमाडौं । बुधबार नेप्से परिसूचक ४५.३६ अंक घट्यो । सो अंकको कमीपछि नेप्से २५५९ अंकमा कायम भएको छ ।
आज १८ कम्पनीको मूल्य बढ्यो भने २३२ को घट्दा एउटाको स्थिर रह्यो । बुधबार फाइनान्स र होटल समूह सबैभन्दा धेरै ३/३ प्रतिशत घटेका छन् । बैंकिङ १.४८, विकास बैंक २.२८, हाइड्रोपावर २.३४, लगानी २.०२, जीवन बीमा १.६४, उत्पादन तथा प्रशोधन १.०६, माइक्रोफाइनान्स १.८९, निर्जीवन बीमा २.०६, अन्य १.२४ र व्यापार समूह ०.४३ प्रतिशत घटेका छन् ।
बजार घटेपनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७६ करोडको भएकाे हाे । आत्मनिर्भर लघुवित्तको ६ तथा थ्रीस्टार हाइड्रोपावरको मूल्य ४.७ प्रतिशत बढ्यो । आज मूल्य धेरै बढ्नेमा ऋणपत्र अगाडि रहे ।
आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे।


























