काठमाडौं । अब निर्यातकर्ताले निर्यातमा अनुदान नपाउने भएका छन् । सरकारको निर्देशनमा उद्योग विभागले नगद अनुदान खारेज गरेको छ ।
बिहीबार उद्योग विभागले एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८२/८३ मा थप दायित्व सिर्जना हुने गरी निवेदन नलिने जानकारी दिएको हो ।
उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको निर्देशन भन्दै विभागले आर्थिक वर्ष २०८१/८२ को स्वघोषणाको विवरण उद्योग विभागमा नगर्न पनि सबै सरोबारवालाहरुलाई आग्रह गरेको छ ।
यसरी विभागले थप निवेदन लिन अस्वीकार गरेसँगै उद्योगी व्यवसायीले गत वर्षमा निर्यात गरेबापतको नगद अनुदान पनि नपाउने भएका छन् । यसअघि निर्यातकर्ताले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र स्व–घोषणरा गरी विभागसमक्ष निवेदन दिने व्यवस्था रहेको थियो ।




















