२५ असोज, काठमाडौं । बारामा माटोको ढिस्कोमा पुरिएर २ जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका-६ की ७० वर्षीया सारदा देवी महतो र वडानम्बर ५ बस्ने १५ वर्षीय सुनिल महतो रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै ढिस्काेले पुरिदा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घाइते हुनेहरूमा वडानम्बर ६ का १४ वर्षीय साजन महतो, १८ वर्षीय गौतम मुखिया, वडानम्बर ५ का १५ वर्षीय नितेश महतो, १४ वर्षीया रानीकुमारी महतो र सुशीला कुमारी र १५ वर्षीय राजाबाबु शर्मा रहेका छन् ।
आज बिहान ८ : ५० बजेतिर सिम्रौनगढ नगरपालिकाको नयाँ भवन नजिक रहेको इशरा पोखरीको डिलमा तिहारमा घर लिपोतको लागि माटो खन्ने क्रममा माटोको ढिस्कोमा ८ जना परेका थिए । चार जना गम्भीर घाइते भएका छन् ।






















