काठमाडौंको गौरीघाटमा महिलाकाे हत्या आरोपमा श्रीमान पक्राउ

२७ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका–७ गौरीघाट मिलनचोकमा ४० वर्षीया विमला तामाङ भनिने अप्सरा कार्कीको हत्या भएको छ ।

हत्या आरोपमा उनकै श्रीमान् ३५ वर्षीय छिरिङ भनिने तेन्जिङ शेर्पा पक्राउ गरेका छन् ।

संखुवासभा खाँदबारी नगरपालिका–६ घर भएका शेर्पाले आइतबार श्रीमतीको हत्या गरेको प्रहरीले बताएको छ । अप्सरा आफ्नो कोठामा आइतबार दिउँसो मृत अवस्थामा फेला परेकी थिइन् ।

अनुसन्धानको क्रममा श्रीमानकाे संलग्नता खुलेपछि प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ हो । उनीहरू बिच वादविवाद भई झगडा हुँदा तेन्जिङले कुटपिट तथा ढुंगा प्रहार गरी अप्सराको हत्या गरेको खुलेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here