विपिन जोशीको मृत्यु भइसकेको हमासकाे पुष्टि

काठमाडौं । प्यालेस्टिनी समूह हमासले नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भइसकेको पुष्टि गरेको छ । हमासको सैन्य शाखा अल–कसम ब्रिगेडले सोमबार एक विज्ञप्ति जारी गर्दै विपिनसहित चार बन्धकको मृत्यु भएको पुष्टि गरेको हो । हमासद्वारा जारी गरिएको विज्ञप्तिमा उनीहरूको मृत्यु गाजामा इजरायली हवाई आक्रमणका क्रममा भएको दाबी गरिएको छ ।

बन्धक बनाइएको ७ सय ३८ दिनपछि नेपाली जोशी र इजरायली नागरिकहरु गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज मृतक रहेकाे बताएको हाे। हमासले अन्तर्राष्ट्रिय रेडक्रसको समन्वयमा सोमबार नै शवहरू इजरायली पक्षलाई हस्तान्तरण गरिने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here