काठमाडौं । मंगलबार नेप्से परिसूचक १९.४३ अंक घटेको छ । सो गिरावटसँगै नेप्से २५२८ मा कायम भएको छ ।
अघिल्लो दिन ४ अर्ब ९७ करोडको कारोबार भएकोमा आज ३ अर्ब ३६ करोडको भएकाे हाे । आज ३३ कम्पनीको मूल्य बढ्दा २१४ को घट्यो भने ५ को स्थिर रहेकाे छ।
व्यापार सबैभन्दा धेरे १.४८ प्रतिशत बढ्यो । यता हाइड्रोपावर सबैभन्दा धेरै १.७१ प्रतिशत घटेकाे छ। त्यस्तै निर्जिवन बीमा १.१०, माइक्रोफाइनान्स ०.७९, उत्पादन तथा प्रशोधन ०.९८, जीवन बीमा ०.९८, लगानी १.१६, होटल तथा पर्यटन १.११, फाइनान्स १.४०, विकास बैंक १.०० र बैंकिङ ०.८२ प्रतिशत घटेका छन्।
दुई कम्पनी शुभम् पावर र ग्रामीण विकास बैंकको मूल्य १० प्रतिशत बढ्यो । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ५.८६, विन्ध्यबासिनी हाइड्रोपावरको ५.३१, सुपरमाइ हाइड्रोपावरको ४.८४ प्रतिशत बढ्यो ।
समाज लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । सामुदायिक लघुवित्तको ७.५४, माइखोला हाइड्रोपावरको ६.७२, एसियन हाइड्रोपावरको ६.१८ र भूगोल इनर्जीको मूल्य ५.१३ प्रतिशत घट्यो ।






















