काठमाडौं । इसराइली सेनाले विपिन जोशीको मृत्यु उनलाई बन्धक बनाएर गजा पुर्याइएको पहिलो महिनामै भएको बताएको छ।
शव परीक्षणपछि आइडिएफले एक्स (पहिले ट्वीटर)मा वक्तव्य सार्वजनिक गर्दै विपिनको मृत्यु बन्धक बनाएर गजा पुर्याइएको पहिलो महिनामै भएको जनाएको हो। विपिनको शव सोमबार अबेर राति हमासले इसराइललाई हस्तान्तरण गरेको थियो।
‘युद्ध सुरू भएको पहिलो महिनामै उनको हत्या भएको थियो,’ आइडिएफले एक्समा लेखेको छ।
यता अर्का बन्धक गाय इलुजको भने समयमै उपचार नपाएर मृत्यु भएको खुलेको आइडिएफले जनाएको छ।



























