काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कसैले भन्दैमा आफूले पार्टीबाट पद नछोड्ने घोषणा गरेका छन् ।
मंगलबार केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्। आफु बस्ने कि हट्ने केन्द्रीय कमिटी वा महाधिवेशनले निर्णय गर्ने बताए ।
‘मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन यो कमिटीले भन्नुपर्छ,’ उनले भने ,’यो कमिटीले भन्छ भने यसको आदेशमा जनुसुकै निर्णय गर्न तयार छु ।’
ओलीले आफू कुनै पनि परिस्थितिमा विचलित नहुने स्वाभावको भएको बताए। उनले पार्टीका कतिपय नेताहरू लोकप्रियताको पछि लागेको टिप्पणी गरे ।
एमालेलाई मन नपराउने विरोधीहरूले च्यासलको पार्टी कार्यालय र नेताहरूको घर जलाएको आरोप उनले लगाए ।























