काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनकारीलाई लल्कारेको विषयप्रति केन्द्रीय सदस्यहरुले आपत्ति जनाएका छन्।
बिहीबार को जारी केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले आपत्ति जनाएका हुन्। केन्द्रीय सदस्य युवराज बास्कोटाले जेनजी लाई गाली गर्ने विषयप्रति आपत्ति जनाएका हुन्।
ओलीले जेनजी आन्दोलनलाई प्रतिक्रान्ति, कलर रिभोलुसन लगायतका संज्ञा दिँदै आएका छन्।
‘जेनजी कुनै राजनीतिक दल र संगठित संघसंस्था होइन, केही सामयिक विषयवस्तुलाई लिएर उठ्यो, सडकमा उत्रियो । यो एउटा पुस्ताको चाहना हो’, केन्द्रीय सदस्य बास्कोटाले भने, ‘यद्यपि यो नाममा हिंसा भयो, तोडफोड भयो र आगजनी भयो। यसको एउटा पीडित म स्वयं हो। यति हुँदाहुँदै पनि पुस्तालाई गाली होइन, तिनले उठाउँदै आएका सामयिक मुद्दालाई सम्बोधन गर्नुपर्छ । यसलाई भड्काउनु हुँदैन र भड्किन दिनुहुँदैन । यो हाम्रो निर्णायक भोट बैंक पनि हो।’






















