स्वास्थ्य बीमा बोर्डले भन्यो- नवीकरण गर्दा लाग्ने थप शुल्क तिर्नुपदैन

३१ असोज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले विगतमा स्वास्थ्य बीमा गरेर नवीकरण नगरेका बीमित परिवारलाई असोज मसान्तसम्म नवीकरण नगरेमा थप शुल्क लगाउने व्यवस्था तत्कालका लागि स्थगित गरेको छ।

बोर्डले बिहीबार अर्को सूचना नभएसम्म यो व्यवस्था कार्यान्वयन नगर्न दर्ता सहयोगी र दर्ता अधिकारीलाई निर्देशन दिएको हाे।

यसअघि बोर्डले ११ भदौमा जारी गरेको सूचनामा स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध नागरिकले असोज मसान्तसम्म बीमालेख नवीकरण नगरेमा थप शुल्क लाग्ने उल्लेख गरेको थियो ।

जसअनुसार म्याद कटेको तीन महिनाभित्र नवीकरण गर्दा योगदान रकमको १० प्रतिशत, ६ महिनाभित्र ३० प्रतिशत, एक वर्षभित्र ५० प्रतिशत, एक वर्षपछि शत प्रतिशत, दुई वर्षपछि तीन गुणा र तीन वर्षपछि चार गुणा थप शुल्क तिर्नुपर्ने व्यवस्था थियो ।

हालको परिस्थिति र आवश्यक संरचना तयार गर्न थप समय चाहिने भन्दै यो व्यवस्था स्थगित गरेको हो ।

तथ्यांकअनुसार हाल ६५ प्रतिशत विमितले मात्र बीमा नवीकरण गर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here