भण्डारीको सदस्यता नवीकरण माग्नेलाई ओलीले भने ‘ माइती बनेर आउन पर्दैन’

३१ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको माग गर्नेहरूलाई माइति बनेर नआउन भनेका छन् ।

बुधबारदेखि जारी केन्द्रीय कमिटी बैठकको समापन मन्तव्य दिने क्रममा ओलीले सदस्यता नवीकरण माग्नेहरूतर्फ इंकित गर्दै कोही पनि माइती बनेर आउन नपर्ने बताए ।

साथै आफू विद्या भण्डारीको अप्ठेरो बेलाको साथी भएको बताए ।

उनले भने ‘कोही यहाँ विद्या भण्डारीको माइती बनेर आउनु पर्दैन । म विद्या भण्डारीलाई राम्रै जान्छु,’

उनले बरु भण्डारीले आएर सघाउनुपर्ने समेत बताए । उनले थपे ‘कसैले यहाँ ठूला कुरा नगरौं । म सजिलो बेलाको होइन, असजिलो बेलाको साथी हुँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here