विपिन जोशीको शव सोमबार नेपाल ल्याइँदै

काठमाडौं । इजरायलमा मारिएका कञ्चनपरका विपिन जोशीको शव सोमबार नेपाल ल्याइँदै छ ।

उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याउन लागिएको हो ।
विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुने तयारी छ ।

विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए । उनी अध्ययनको सिलसिलामा इजरायल पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here